बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुञ्जाङ विजयी, आठ सदस्य पदमा कोको?

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुञ्जाङ विजयी, आठ सदस्य पदमा कोको?

images
२०८२ पौष १५ गते, मंगलवार
२०८२ पौष १५ गते, मंगलवार
  • काठमाडौं। नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पा विजयी भएका छन्।

    images

    काउन्सिलको मंगलबार सम्पन्न निर्वाचनको अन्तिम परिणाम अनुसार डा. शेर्पा मेडिकल काउन्सिलको उपाध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनले डा. गुरुशरण साहलाई पराजित गरेका हुन्।

    images

    निर्वाचन समितिका अनुसार डा. शेर्पाले ५२ सय ३४ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी डा. साहले ४३ सय ५० मत प्राप्त गरे। उपाध्यक्षमा निर्वाचित डा शेर्पा. वीर अस्पतालका मुटुरोग विशेषज्ञ हुन्।

    उपाध्यक्षका अर्का उम्मेदवार डा अजयसिंह थापाले भने १८ सय ४४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

    यसैगरी आठ सदस्य पदमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दीपेन्द्र पाण्डे, डा. युविनकुमार यादव, डा. अस्मिता पोखरेल, डा. सम्राट पराजुली, डा.नीना राई र डा.रविन बस्नेत निर्वाचित भएका हुन्। सदय पदमा ३३ जनाको उम्मेदवारी परेको थियो।

    काउन्सिलको निर्वाचनमा कुल ११ हजार ९२२ मत खसेको थियो। निर्वाचनका लागि काठमाडौं उपत्यका सहित देशभर २१ वटा निर्वाचन केन्द्र तोकिएको थियो। काठमाडौं उपत्यका बाहिरका १८ वटा केन्द्रमा ४ देखि ६ पुससम्म र उपयत्यका भित्र गत ११ र १२ पुसमा निर्वाचन भएको थियो।

    काउन्सिलको निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकारी प्राडा. रविन्द्रमान श्रेष्ठले जिम्मेवारी पाएका थिए। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend