काठमाडौं। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूची पेस गर्ने राजनीतिक दल र निर्वाचन चिह्नको विवरण सार्वजनिक गरेको छ।
आयोगका अनुसार कुल ६४ दलले समानुपातिक प्रणालीतर्फका लागि सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएको उल्लेख गरेका छन्।
प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि पुस १३ र १४ गते बन्द सूची बुझाउने कार्यतालिका निर्धारण थियो। सोमबार राति अबेर र मंगलबार बिहानसम्म गरेर कुल ६४ राजनीतिक दलले आयोगमा उम्मेदवारको बन्द सूची बुझाएका हुन्।
प्राप्त बन्द सूचीका सम्बन्धमा आयोगले पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिका छ।
यस्तो छ निर्वाचन आयोगको विज्ञप्ति:








