बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

रास्वपामा अब तीन उपसभापति : कुलमानलाई पहिलो बरियता, डीपी र स्वर्णीम दोस्रो र तेस्रो

रास्वपामा अब तीन उपसभापति : कुलमानलाई पहिलो बरियता, डीपी र स्वर्णीम दोस्रो र तेस्रो

images
२०८२ पौष १४ गते, सोमवार
२०८२ पौष १४ गते, सोमवार
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीमा अब तीन जना उपसभापति हुने तय भएको छ। सभापति रबि लामिछानेपछि उपसभापतिको बरियतामा पहिलो कुलमान घिसिङ, दोस्रो डीपी अर्याल र तेस्रो वरियतामा स्वर्णिम वाग्ले उपसभापति रहने छन्।

    images

    सोमबार राति रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबिचमा भएको ७ बुँदे सहमति अनुसार घिसिङ उपसभापतिको पहिलो बरियतामा समेटिएका छन्। उपसभापति तर्फ दोस्रोमा अर्यालको नाम समावेश छ भने वाग्ले तेस्रो वरियतामा समेटिएका छन्।

    images

    यसैगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सहमति पत्रमा साक्षीका रुपमा समेटिएका छन्। सहमति पत्रमा बालेनको समेत नाम छ। पत्रमा उनले समेत हस्ताक्षर गरेका छन्। तर उनको नाम साक्षीका रुपमा मात्रै छ।

    यस्तो छ सहमति पत्र :

    १. नवयुवाहरू (Gen-Z) ले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने,

    २. उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणाली (Meritocracy) को स्थापना, भ्रष्टाचार शून्य सहनशीलता र सुशासन प्रति प्रतिबद्ध रहँदै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने,

    ३. पहिलो पक्ष र दोस्रो पक्षबिच एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी", दलको झन्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बिचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी' र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने

    ४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डी पी अर्याल, र स्वर्णिम वाग्ले रहने

    ५. उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कर्यक्रमहरु सँग जोड्दै, एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने

    ६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने

    ७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तन कामी वैकल्पिक राजनीतिक शक्ति, समुह र ब्याक्तिलाई आवहान गर्ने

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend