बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बालेनपछि कुलमान पनि रास्वपामा, सहमतिको ड्राफ्ट बन्दै

बालेनपछि कुलमान पनि रास्वपामा, सहमतिको ड्राफ्ट बन्दै

images
२०८२ पौष १४ गते, सोमवार
२०८२ पौष १४ गते, सोमवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपाबिच एकता भएसँगै दबाबमा परेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पनि अन्ततः रास्वपामा समाहित हुने पक्का भएको छ।

    images

    कुलमान घिसिङ रास्वपाको उपसभापति बन्दै रास्वपामा जाने अन्तिम तयारी भइरहेको छ। उनी समानुपातिक तर्फ आफ्नो समुहबाट रास्वपामा १८ जनालाई समेट्ने गरेर रास्वपासँग सम्झौता गर्न तयार भएका हुन्।

    images

    अहिले रास्वपा सभापति रबि लामिछाने र कुलमानबिचमा छलफल जारी छ। छलफलमा सहमतिको टुंगो लागेसँगै अहिले सहमति पत्र तयार हुँदैछ।

    उनीहरूबिच पटक–पटक संवाद हुँदै आएपनि सहमति हुन सकेको थिएन। घिसिङले पार्टीको नाम र चुनाव चिन्हमा असहमति राख्दा सहमति हुन नसकेको रास्वपाकै नेताहरूले बताउँदै आएका थिए।

    यसअघि रास्वपा सभापति रबि लामिछाने र बालेनबिच पार्टी सभापतिमा रबि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने गरी सहमति भइसकेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend