काठमाडौं। राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा.रुद्र मरासिनी नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्री डा.सुधा गौतमले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका डा.मरासिनीलाई ट्रमा सेन्टरको मेसु नियुक्त गरेकी हुन्। डा.मरासिनी वरिष्ठ हाडजोर्नी विशेषज्ञ हुन्।
डा. मरासिनीले आइतबार नै ट्रमा सेन्टर पुगेर कार्यभार सम्हालेका छन्। यसअघि ट्रमामा डा.बद्रि रिजाल प्रमुख मेसु थिए। उनी नेपाल चिकित्सक संघको अध्यक्ष पदका लागि उम्मेदवार बनेका छन्।



