काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलन सम्बन्धमा जाँचबुझ गर्न बनेको आयोगमा बयान दिंन जाँदै छन्।
भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सरकार पक्षबाट भएको कारवाहीको घटनाको विषयमा पूर्वगृहमन्त्री लेखकले बयान दिन लागेका हुन्।
उनले आफ्नो फेसबुकमार्फत आफू आज ११ बजे बयानका लागि जान लागेको बताएका छन्। उनलाई आयोगले सोधपुछका लागि बोलाएपछि उनी आयोगको कार्यालयमा उपस्थित हुन लागेका हुन्।
आयोगले भदौ २३ र २४ गते घटेको विशेष घटनाको छानबिन गरिरहेको छ। आयोगले यसअघि लेखकलाई पुस ८ गते बयानका लागि बोलाएको थियो। सोही प्रक्रियालाई निरन्तरता दिँदै उनी सोमबार आयोगको टोलीसमक्ष आफूसँग भएको जानकारी र सो घटनाको वस्तुस्थितिबारे प्रष्ट पार्न जान लागेको उनको सचिवालयले पुष्टि गरेको छ।
आयोगमा बयान दिएपछि लेखकले दिउँसो ४ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी समेत गरेका छन्।
पत्रकार सम्मेलनमा उनले आयोगमा दिएको बयान र भदौको घटनासँग जोडिएका विविध पक्षबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ।



