बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

रबि-बालेन ७ बुँदे सम्झौता, प्रधानमन्त्री बालेन, रबि सभापति

रबि-बालेन ७ बुँदे सम्झौता, प्रधानमन्त्री बालेन, रबि सभापति

images
२०८२ पौष १३ गते, आइतवार
२०८२ पौष १३ गते, आइतवार
  • काठमाडौं। रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच ‘बृहत् एकता’ सम्बन्धी ७ बुँदे सहमति भएको छ।

    images

    सोमबार बिहानै भएको सहमति अनुसार आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्टीको संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बनेर बालेन चुनावी मैदानमा उत्रने छन्। रास्वपा सभापति भने रबि लामिछाने नै रहने छन्

    images

    रास्वपा र बालेन शाहबिच सहकार्य तथा एकताका विषयमा लामो समयदेखि संवाद र प्रयास हुँदै आएको थियो। उनीहरू लगातार पटकपटक छलफलमा बस्दै आएपछि राजनीतिक बृत्तमा तरंग फैलिएको थियो।

    उनीहरूका बिचमा भएका छलफल पश्चात् साझा राजनीतिक दृष्टिकोण, नेतृत्व संरचना र भावी कार्यदिशाबारे गहिरो विमर्श भएपछि ७ बुँदे सम्झौता भेको बताइएको छ।

    सहमति पत्रमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्दै आम नागरिकका आकांक्षा सम्बोधन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ।

    यसैगरी भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले सञ्चालन गरेका आन्दोलन, विशेष गरी भदौ २३ र २४ को जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डका जनआन्दोलनबाट उठेका आवाजलाई संस्थागत रूपमा अघि बढाउने सहमतिमा उल्लेख गरिएको छ।

    सहमति अनुसार बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचना थप सक्षम र फराकिलो बनाइने, योग्य, समावेशी र सार्वजनिक छवि भएका युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई जिम्मेवारी दिइने उल्लेख छ।

    साथै, राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई अन्य परिवर्तनकामी र सुसंस्कृत राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई पनि सहकार्यका लागि आव्हान गर्ने निर्णय गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend