बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रतिनिधि सभा निर्वाचन, समानुपातिक तर्फको बन्द सूची पेस गरिंदै

प्रतिनिधि सभा निर्वाचन, समानुपातिक तर्फको बन्द सूची पेस गरिंदै

images
२०८२ पौष १३ गते, आइतवार
२०८२ पौष १३ गते, आइतवार
  • काठमाडौ। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज र भोलि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्दै छन्।

    images

    आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न कार्यतालिका तोकेको हो।

    images

    आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

    राजनीतिक दलले बन्द सूची पेस गरेपछि आयोगले पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने प्रवक्ता भट्टराईले जानकारी दिए।

    यसैगरी आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई बन्द सुचीमा थप सुधार गर्नु पर्ने वा मिलाउनु पर्ने भए अवसर दिनेछ।

    कार्यतालिका अनुसार पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी जाँच गर्ने छ। माघ ४ गते बन्द सूची प्रकाशन हुनेछ। माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले जानकारी दिए।

    यसपटक प्रतिनिधि सभाको निर्वाचनमा सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन्। समानुपातिकतर्फको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आज र भोलि बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउनेछन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend