काठमाडौं। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचनमा पूर्ण रूपमा केन्द्रित भइसकेको जानकारी प्राप्त भएको बताएका छन्।
बुधबार रास्वपाको केन्द्रीय कार्यालय पुगेका उनले रास्वपा निर्वाचनमा पूर्ण रूपमा केन्द्रित भइसकेको जानकारी प्राप्त भएको बताए।
उनले रास्वपाको केन्द्रीय कार्यालयबाट फर्किएपछि सामाजिक संजालमा लेखेका छन्, `राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचनमा पूर्ण रूपमा केन्द्रित भइसकेको जानकारी प्राप्त भयो।´
उनले रास्वपाको केन्द्रीय कार्यालयमा सरकारले हालसम्म गरिरहेको कामबारे छलफल भएको समेत भनेका छन्।
यस्तै फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक तयारी पूरा भइसकेको र निर्वाचनबाट पछि नहट्ने स्पष्ट सन्देश रास्वपाको रहेको उनले उल्लेख गरेका छन्।
`छलफलका क्रममा समयमै निर्वाचन सम्पन्न गर्ने विषय, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने लगायतका महत्वपूर्ण विषयहरूमा सुझावहरू पनि प्राप्त भयो।´ उनले लेखेका छन्।



