बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

जेन-जी आन्दोलनमा जलेकी झलनाथ पत्नी रविलक्ष्मीले भनिन् : हिटलरको ग्याँस चेम्बर फसेजस्तो भयो

जेन-जी आन्दोलनमा जलेकी झलनाथ पत्नी रविलक्ष्मीले भनिन् : हिटलरको ग्याँस चेम्बर फसेजस्तो भयो

images
२०८२ पौष ८ गते, मंगलवार
२०८२ पौष ८ गते, मंगलवार
  • काठमाडौं। जेन-जी आन्दोलमा आन्दोलनकारीले घर जलाउँदा सँगै जलेकी थिइन् पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार। उनको तत्काल किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भयो। त्यसपछि थप उपचारका लागि उनलाई भारत लगियो। तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा गहन उपचारपछि सोमबार उनी स्वदेश फर्किएकी छन्।

    images

    जेनजी आन्दोलनका क्रममा घरमा आगजनी हुँदा उनी घर भित्रै थिइन्। आगलागीमा गम्भीर घाइते भई जीवन–मरणको अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि उनी नेपाल फर्किएकी हुन्।

    images

    सोही क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जेनजी भाइवहिनीहरुले अवोधपनको मकुन्डो ओडेर देशलाई नष्ट पार्न खोज्नेहरुलाई यो सरकारले छिटै चिनेर कारवाही गर्नुपर्ने माग गरेकी छन्।

    उनले भनिन्, ‘भाइवहिनीहरुको अवोधपनको मकुन्डो ओडेर जुन देशलाई नष्ट पार्न खोजे उनीहरुलाई सरकारले छिटै चिनेर कारबाही गर्नुपर्छ। मेरो यही माग छ। मैंले किताबमा पढेको थिए–हिटलरको ग्याँस चेम्बर, त्यसमा म आफै परें। अहिले यस्तो गति भयो मेरो। मलाई बचाउनको लागि जसले जति प्रयास गर्नु भएको छ उहाँहरुलाई धन्यवाद।’

    भदौ २४ गते बिहान खनाल दम्पत्ती बसोबास गर्ने काठमाडौं डल्लु निवासमा भएको आगलागीमा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको थियो। विशेषगरी देब्रे हातमा गम्भीर चोट लागेपछि सङ्क्रमण फैलिँदै जाँदा अवस्था जटिल बनेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend