बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नेपाल रेडक्रस सोसाइटीको विधान संसोधनको तयारी, ३१ जिल्लाका प्रतिनिधिले दिए यस्तो सुझाव

नेपाल रेडक्रस सोसाइटीको विधान संसोधनको तयारी, ३१ जिल्लाका प्रतिनिधिले दिए यस्तो सुझाव

images
२०८२ पौष ८ गते, मंगलवार
२०८२ पौष ८ गते, मंगलवार
  • काठमाडौं। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका ३१ जिल्ला शाखाका प्रतिनिधिहरुले पालिका शाखा गठन गर्ने देखि युवा र रेडक्रस सेवा आयोगको व्यवस्था गर्नु पर्नेसम्मका सुझाव दिएका छन्।

    images

    नेपालगञ्जमा आयोजित सुझाव संकलन कार्यशालाका क्रममा प्रस्तावित विधान माथि दफावार छलफल भएको थियो।

    images

    कार्यशालाबाट रेडक्रसको कार्यकाल ४ वर्ष हुने, पालिका शाखा गठन हुने, युवा र रेडक्रस सेवा आयोगको व्यवस्था गर्ने र अनुपालन तथा मध्यस्थता समितिको व्यवस्था रहने जस्ता सुझावहरू प्राप्त भएको बताइएको छ।

    कार्यशालामा तीन वटै प्रदेशका प्रतिनिधिहरूबाट प्रस्तुत सुझावलाई ग्रहण गर्दै नेरेसोका महामन्त्री मीनबहादुर मल्लले सबै प्रदेशमा कार्यशाला आयोजना गरिने बताए।

    कार्यशालामा महामन्त्री मल्लले रेडक्रसको अन्तराष्ट्रिय महासंघको संयुक्त विधान आयोगले दिएको सुझावको बारेमा पनि सहभागीहरूलाई जानकारी गराएका थिए।

    नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष लोकदर्शन श्रेष्ठले रेडक्रसको अन्तर्राष्ट्रिय मुल्यमान्यता अनुसार विधान संशोधन हुने बताए।

    आतिथ्य जिल्ला नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यशालामा लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पंगेनी, सुदुरपश्चिम प्रदेशका अध्यक्ष दिलबहादुर बुढा र कर्णाली प्रदेशका उपाध्यक्ष अमृता सापकोटाले छलफलबाट आएको सुझाव प्रस्तुत गर्नु गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend