बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

एम्बुलेन्स सेवा निर्देशिका २०८२ को प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला एकैठाउँ

एम्बुलेन्स सेवा निर्देशिका २०८२ को प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला एकैठाउँ

images
२०८२ पौष ७ गते, सोमवार
२०८२ पौष ७ गते, सोमवार
  • काठमाडौं। एम्बुलेन्स सेवा निर्देशिका, २०८२ को प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री डा. सुधा गौतमसहित सरोकारवालासहित छलफल गरेको छ।

    images

    सो निर्देशिकाको कार्यान्वयनमा देखिएका समस्या, चुनौती र सुधारका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवालासँग आइतबार भर्चुअल बैठ्क गर्दै छलफल गरेको हो।

    images

    बैठकलाई सम्बोधन गर्दै मन्त्री डा. गौतमले एम्बुलेन्स सेवा जनताको जीवनरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको अत्यावश्यक सेवा भएको बताउँदै निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि सबै निकायबीच समन्वय आवश्यक रहेको बताइन्।

    उनले सेवाको गुणस्तर सुधार तथा अनुगमन प्रणाली सुदृढ गर्न समेत सम्बन्धित सबैलाई निर्देशन दिइन्। यस्तै उनले सेवा प्रदायकहरूलाई निर्देशिकाको पूर्ण पालना गर्न पनि निर्देशन दिइन्।

    गत पुस ६ गते मन्त्रालयको मन्त्रीस्तरको निर्णय र गत भदौ ३ को निर्णयानुसार स्वीकृत भई सो निर्देशिका कार्यान्वयनमा रहेको छ।

    भर्चुअल बैठक स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठज्यूको विशेष आतिथ्यमा तथा मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) का प्रमुख डा. प्रकाश बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको हो।

    समापन सत्रमा डा. प्रकाश बुढाथोकीले संघ, प्रदेश तथा स्थानीय तहबीचको सहकार्य र भूमिकाको स्पष्टतासँगै एम्बुलेन्स व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित, उत्तरदायी र प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिए।

    डा बुढाथोकीले बैठकमा एम्बुलेन्स सेवा निर्देशिकाको कार्यान्वयनका क्रममा देखिएका समस्या, एम्बुलेन्स सञ्चालन, दर्ता, मापदण्ड, समन्वय, र आपतकालीन अवस्थामा सेवाको पहुँचसम्बन्धी मुद्दाहरू पहिचान गरी समाधानका उपायहरूबारे विस्तृत छलफल भएको जानकारी दिए।

    बैठकमा ७ वटै प्रदेशका प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक तथा सदस्य सचिवहरू, ७७ वटै जिल्लाका जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक तथा सदस्य सचिवहरू, गृह मन्त्रालयका प्रतिनिधि, ७ वटै प्रदेशका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र (PHEOC), तथा HEDMU/HEOC टिम गरी जम्मा १०० जना भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend