बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रधानमन्त्री भेट्न पुगे रबि लामिछाने, के भयो कुराकानी?

प्रधानमन्त्री भेट्न पुगे रबि लामिछाने, के भयो कुराकानी?

images
२०८२ पौष ६ गते, आइतवार
२०८२ पौष ६ गते, आइतवार
  • काठमाडौं। रास्वपाका सभापति रबि लामिछाने प्रधानमन्त्री शुशिला कार्कीलाई भेट्न पुगेका छन्।

    images

    आइतबार प्रधानमन्त्री कार्की भेट्न रास्वपा सभापति लामिछाने वालुवाटार पुगेका हुन्। सभापति लामिछाने आफ्न नेताहरू साथ लिएर प्रधानमन्त्री भेट्न पुगेका थिए।

    images

    भेटका क्रममा जेन-जी आन्दोलनपछिको राजनीतिक अवस्था, घोषित प्रतिनिधि सभा निर्वाचन लगायतका समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको बताइएको छ।

    भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका उपसभापतिद्वय डोल प्रसाद अर्याल, डा. स्वर्णीम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, नेता शिशिर खनाल, तोसिमा कार्की लगायत सहभागी थिए।

    लामिछाने शुक्रबार मात्रै रिहा भएका थिए। उच्च अदालत बुटवलका न्यायाधीशद्वय बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उनलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend