बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मेडिकल काउन्सिलकाे निर्वाचन सुरू, कहाँकहाँ छन् मतदान केन्द्र?

मेडिकल काउन्सिलकाे निर्वाचन सुरू, कहाँकहाँ छन् मतदान केन्द्र?

images
२०८२ पौष ४ गते, शुक्रवार
२०८२ पौष ४ गते, शुक्रवार
  • काठमाडौं। दुई चरणमा हुने नेपाल मेडिकल काउन्सिलकाे निर्वाचन शुक्रबारबाट सुरू भएको छ।

    images

    एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि नेपाल मेडिकल काउन्सिलकाे निर्वाचन हुन लागेको हो। यो निर्वाचन काठमाडौं उपत्यका भित्र र बाहिर गरेर दुई चरणमा हुँदैछ। पहिलो चरण अन्तरगत शुक्रबार र शनिबार उपत्यका बाहिर याे निर्वाचन हुन लागेको हाे ।

    images

    निर्वाचन समितिका अनुसार कोशी प्रदेशमा रहेका मतदान केन्द्र मेची प्रादेशिक अस्पताल भद्रपुर झापा, मधेश प्रदेशका मतदान केन्द्रहरुमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराज सप्तरी, लहान जिल्ला अस्पताल लहान, सिराहामा शुक्रबार मतदान भएको हो।

    यस्तै बागमती प्रदेशको उपत्यका बाहिरका केन्द्रहरु मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा मकवानपुर, लुम्बिनीको भिम अस्पताल भैरहवा रुपन्देही, राप्ती  स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ, कर्णाली सुर्खेत प्रादेशिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पनि शुक्रबार मतदान भएको हो।

    शनिवार कहाँ हुँदैछ मतदान?

    शनिबार जिल्ला अस्पताल पाल्पा, भेरी अस्पताल नेपालगंज बाँके, सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा मतदान हुनेछ।

    शुक्रवार र शनिबार दुबै दिन मतदान हुने स्थानहरु

    काउन्सिलको निर्वाचनका लागि कोशी अस्पताल, विराटनगर मोरङ, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सुनसरी, जनकपुर प्रादेशिक अस्पताल जनकपुरधाम धनुषा, नारायणी अस्पताल वीरगंज पर्सा, भरतपुर अस्पताल भरतपुर चितवन, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा कास्की, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, रुपन्देहीमा पौष ४ र ५ गते दुबै दिन मतदान हुनेछ।

    यसैगरी धुलिखेल अस्पताल धुलिखेल, काभ्रेमा पौष ११ (शुक्रबार) र काठमाडौ उपत्यकाको राष्ट्रिय सभा गृह, भृकुटी मण्डप र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा पुस ११ र १२ गते निर्वाचन हुने कार्यक्रम तय छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend