बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

एमालेको पदाधिकारीमा निर्वाचित हुने कसको मत कति?

एमालेको पदाधिकारीमा निर्वाचित हुने कसको मत कति?

images
२०८२ पौष ३ गते, बिहिवार
२०८२ पौष ३ गते, बिहिवार
  • काठमाडौं। नेकपा (एमाले) को काठमाडौंमा सम्पन्न ११औँ महाधिवेशनबाट पदाधिकारी तर्फ १९ जना नेता निर्वाचित बनेका छन्।

    images

    पदाधिकारी तर्फ कुल ४२ जना प्रतिस्पर्धामा रहेकोमा १९ जना विभिन्न पदमा निर्वाचित भएका हुन्।

    images

    अन्तिम मत परिणाम अनुसार एमाले अध्यक्षमा केपी शर्मा ओली १६ सय ६३ मत प्राप्त गर्दै निर्वाचित बने। उनले अध्यक्ष पदमा ईश्वर पोखरेललाई पराजित गरेका हुन्। पोखरेलले जम्मा ५६४ मत मात्रै पाए।

    यसैगरी पाँच उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले १७ सय ३७ विष्णुप्रसाद पौडेलले १६ सय ७५, रामबहादुर थापा बादलले १५ सय १६, गोकर्णराज विष्टले १३ सय ६८ र रघुजी पन्तले १२ सय ५८ मत प्राप्त गर्दै विजयी बने।

    यसैगरी एक महासचिव पदमा शंकर पोखरेलले १२ सय २८ मत पाए। उनीसँगै प्रतिस्पर्धामा रहेका सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत पए।

    यसैगरी तीन उपमहासचिव पदमा लेखराज भट्टले १४ सय ५२ मत पाउँदै विजयी भए। यस्तै रघुवीर महासेठले १३ सय ६८ मत पाए भने योगेश भट्टराईले १३ सय ४८ मत पाउँदै विजयी भए।

    यसैगरी ९ सचिव पदमा महेश बस्नेत १५ सय ४४, छविलाल विश्वकर्मा १५ सय ०६, यमलाल कँडेल ११ सय ८५, पद्माकुमारी अर्याल १५ सय ३०, शेरधन राई १५ सय ०३, भानुभक्त ढकाल ११ सय ०८, खगराज अधिकारी १२ सय ३१, राजन भट्टराई ११ सय ८१ र हिक्मतकुमार कार्की १३ सय ३७ मत प्राप्त गर्दै निर्वाचित बने।

    नेकपा एमालेको यो महाधिवेशनमा २ हजार २६३ मतदाता थिए। त्यसमध्ये २ हजार २२७ प्रतिनिधिले मतदान गरेको बताइएको छ। यस्तै ३६ जना प्रतिनिधि भने मतदानमा अनुपस्थित रहेको एमालेको निर्वाचन आयोगले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend