काठमाडौं। रास्वपाका सभापति रबि लामिछानेलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।
उच्च अदालतको बुटवल इजलासले बिहीबार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राखेर थुनामुक्त गर्न आदेश दिएको हो। त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको कुँवरले जानकारी दिए।
उच्च अदालत बुटवलका न्यायाधीशद्वय बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
लामिछाने हाल ललितपुरस्थित नक्खु कारागारमा छन्।



