मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भारतमा विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन, नेपालबाट स्वास्थ्यमन्त्री सहभागी

भारतमा विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन, नेपालबाट स्वास्थ्यमन्त्री सहभागी

images
२०८२ पौष ३ गते, बिहिवार
२०८२ पौष ३ गते, बिहिवार
  • काठमाडौं। दोस्रो विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन बुधबारबाट भारतको नयाँ दिल्लीमा सुरु भएको छ।

    images

    भारतले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा आयोजना गरेको उक्त सम्मलेनमा नेपालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले सहभागिता जनाएकी छन्।

    images

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को विश्वव्यापी परम्परागत चिकित्सा रणनीति सन् २०२५–२०३४ द्वारा निर्देशित सो सम्मेलनमा जनकेन्द्रित स्वास्थ्य सेवा तथा पृथ्वीको समग्र कल्याणमा परम्परागत चिकित्सा प्रणालीहरूले कसरी सार्थक योगदान पु-याउन सक्छन् भन्ने विषयमा छलफल हुँदैछ।

    सम्मेलनले विश्वका नेता, वैज्ञानिक, परम्परागत चिकित्सा अभ्यासकर्ता तथा समुदायहरूको सहभागिता छ। यी सबै पक्ष एक ठाउँमा बसेर सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य सम्मेलनले लिएको छ।

    यसैगरी डब्लूएचओको नयाँ वैश्विक परम्परागत चिकित्सा रणनीति २०२५–२०३४ को कार्यान्वयनलाई अघि बढाउने लक्ष्य पनि सम्मेलनमार्फत लिइएको छ।

    सम्मेलनमा आयुर्वेद, योग, सिद्ध, युनानी, परम्परागत चिनियाँ चिकित्सा लगायत विश्वका विभिन्न परम्परागत उपचार पद्धतिहरूको वैज्ञानिक आधार, आधुनिक स्वास्थ्य प्रणालीसँगको एकीकरण, नीति निर्माण, अनुसन्धान तथा दिगो अभ्यासका विषयहरूसमेत रहनेछन्। सम्मेलन पुस ४ गतेसम्म सञ्चालन हुने छ।

    नेपालका स्वास्थ्यमन्त्री र भारतीय समकक्षीबीच भेट

    सम्मेलनमा सहभागी हुन भारतको नयाँ दिल्ली पुगेकी स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम र भारतीय समकक्षी जेपी नाड्डा बिच बुधबार महत्त्वपूर्ण भेटवार्ता भएको छ।

    भेटवार्ताका क्रममा नेपालको स्वास्थ्य पूर्वाधार, डिजिटल स्वास्थ्य, र अत्यावश्यक औषधिको आपूर्ति थप सहज बनाउने विषयमा कुराकानी भएको थियो।

    यसैगरी भेटका क्रममा दुई देशबीच स्वास्थ्य क्षेत्रमा सहकार्य बढाउदै दुवै देशका नागरिकको हितमा काम गर्ने विषयमा कुराकानी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend