काठमाडौं। नेकपा एमालेको काठमाडौंमा जारी ११ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ।
कुल २२ सय ६३ जना महाधिवेशन प्रतिनिधि मध्ये २२ सय २७ जनाले नेतृत्व चयनको मतदान प्रक्रियामा मतदान गरेका छन्।
एमाले नेता महेश बस्नेतका अनुसार २२२७ जना (९८.४०%) ले मतदान गरेका हुन्।बुनले ३६ जना प्रतिनिधि अनुपस्थित रहेको जानकारी दिए।
मतदान प्रक्रिया सकुएसँगै अब केही बेरपछि मतगणनाको प्रक्रिया सुरु हुने बस्नेतले जानकारी दिए।
एमालेको आगामी नेतृत्व चयन गर्न विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको थियो। यसकारण गणनामा धेरै समय नलाग्ने बताइएको छ। बुधबार विहानदेखि भएको मतदान रातभर चलेको थियो भने बिहीबार विहान ८ बजे सकिएको हो।



