बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

चिकित्सक संघ निर्वाचन : अध्यक्षमा तीन जनाको उम्मेदवारी, कोको उत्रिए मैदानमा?

चिकित्सक संघ निर्वाचन : अध्यक्षमा तीन जनाको उम्मेदवारी, कोको उत्रिए मैदानमा?

images
२०८२ पौष २ गते, बुधवार
२०८२ पौष २ गते, बुधवार
  • काठमाडौं। नेपाल चिकित्सक संघ (एनएमए)को अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ। आगामी नेतृत्व चयनका लागि हुने निर्वाचन प्रक्रिया अन्तर्गत अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको हो।

    images

    संघको अध्यक्ष पदका लागि डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुसालले उम्मेदवारी दिएका हुन्। बुधबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो। संघको नयाँ नेतृत्व चुन्न आगामी माघमा निर्वाचन हुँदैछ।

    images

    डा. रिजाल समुहमा कोको?

    अध्यक्षमा उम्मेदवारी दिएका डा. रिजाल हाल संघमा वरिष्ठ उपाध्यक्ष छन्। उनको समूहबाट बरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारीले उम्मेदवारी दिएका छन्। उनी हाल संघमा महासचिवको जिम्मेवारीमा छन्।

    यस्तै डा. रिजालको समूहबाटै महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहसचिवमा डा. हुलास अग्रवाल र सह-कोषाध्यक्षमा डा. तेजसुसिंह मल्लले उम्मेदवारी दिएका छन्।

    यस्तै उपाध्यक्ष एवं प्रदेश संयोजकतर्फ डा. रिजालको समूहबाट कोशी प्रदेशमा डा. रोशन खड्का, मधेश प्रदेशमा डा. अमितरञ्जन मिश्र, बागमतीबाट डा. सुवास भट्टराई, लुम्बिनीबाट डा. नन्दा गुरुङ, गण्डकीबाट डा. नवराज लम्डारी, कर्णालीबाट डा सोभित, सुदूरपश्चिमबाट डा प्रमोद जोशीले उम्मेदवारी दिएका छन्।

    उनको समूहबाट केन्द्रीय कार्यसमिति सदस्यहरुमा डा. परशुराम घिमिरे, डा. राकेश साह, डा. सुमेध मिश्र, डा. बिना श्रेष्ठ, डा. हिमलाल भण्डारी र डा. सुस्मित काफ्लेको उम्मेदवारी दर्ता भएको छ।

    डा. रावलको यस्तो छ टिम

    अध्यक्ष पदमा उम्मेदवारी दिएका डा. मंगल रावलको समूहबाट बरिष्ठ उपाध्यक्षमा डा.कीर्तिपाल सुवेदीले उम्मेदवारी दिएका छन्।

    यसैगरी महासचिवमा डा. कालुसिंह खत्री, कोषाध्यक्षमा डा. चन्दनी जयसवाल, सहसचिवमा डा. रामजीवन प्रसाद र सह-कोषाध्यक्षमा डा. सुवास गुरुङले उम्मेदवारी दिएका छन्।

    यस्तै डा. रावलको समूहबाट उपाध्यक्ष एवं प्रदेश संयोजकहरुमा कोशी प्रदेशतर्फ डा. टंक बाराकोटी, मधेश प्रदेशतर्फ डा. उदयनारायण सिंह, बागमती प्रदेशतर्फ डा. अरुण शाही, लुम्बिनीबाट डा. सन्तोष पोखरेल, गण्डकीबाट डा. यज्ञराज सिग्देल, कर्णालीबाट डा. रविन खड्का र सुदूरपश्चिमबाट डा निरज अर्यालको उम्मेदवारी दर्ता भएको छ।

    यसैगरी केन्द्रीय कार्यससदस्य तर्फ डा. रावल प्यानलबाट डा. अमित झा, डा. अरुण उप्रेती, डा. निराजन तामाङ, डा. जेबाना अन्सारी, डा. दिक्षा बोहरा र डा. पल्पसा श्रेष्ठले उम्मेदवारी दिएका छन्।

    डा. भुसालको पनि प्यानलनै

    चिकित्सक संघको अध्यक्ष पदमा उम्मेदवारी दिएका डा. नारायण भुषालको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा. अजय कुमार मिश्र, महासचिवमा डा. अमित भुषाल र सहसचिवमा डा. सन्तोष अधिकारीको उम्मेदवारी दर्ता भएको छ।

    डा. भुसालको समुहबाट उपाध्यक्ष एवम् प्रदेश संयोजकहरुमा कोशीबाट डा. हरीशंकर कार्की, मधेशबाट डा. मोहम्मद आनामुल हक, बागमती प्रदेशबाट डा. एकानन्द सिंह, लुम्बिनीबाट डा. लक्ष्मण शर्मा र कर्णालीबाट डा. अनुप समालको उम्मेदवारी दर्ता भएको छ।

    डा. भुसालको समुहबाट केन्द्रीय सदस्यतर्फ डा. विजय कुमार शाह, डा. शेषराज घिमिरे, डा. विनोद कुमार महाशेठ, डा. जीवन क्षेत्री, डा. भवानी शिल्पकार र डा. आरती शाह रहेका छन्।

    संघको नयाँ नेतृत्व चयन गर्न काठमाण्डौ उपत्यका बाहिर आगामी माघ २ र ३ गते तथा काठमाण्डौं उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुने कार्यतालिका छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend