बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

राष्ट्रियसभा सदस्य निर्वाचन, सातै प्रदेशमा राजधानी रहेका जिल्लामा मतदानस्थल

राष्ट्रियसभा सदस्य निर्वाचन, सातै प्रदेशमा राजधानी रहेका जिल्लामा मतदानस्थल

images
२०८२ पौष २ गते, बुधवार
२०८२ पौष २ गते, बुधवार
  • काठमाडौँ। निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ।

    images

    आयोगले बुधबार सातवटै प्रदेशका लागि मतदानस्थल निर्धारण गरेको हो। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सातवटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदानस्थल रहनेगरी स्थान तोकिएको बताए।

    images

    “आयोगले सातवटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदानस्थल रहनेगरी स्थान तोकिसकेको छ, तोकिएका मतदानस्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ।” प्रवक्ता भट्टराईले भने।

    निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलले मतदान गर्ने व्यवस्था रहेको छ भने मतदान केन्द्र ‘क’ प्रदेशसभाका सदस्यका लागि र मतदान केन्द्र ‘ख’ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि तोकिएको छ।

    आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ मकवानपुर, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्कीमा प्रदेशको मतदान केन्द्र तोकिएको छ।”

    त्यसैगरी, आयोगले लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र, घोराही, दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलालीमा मतदान केन्द्र तोकेको छ ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend