बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

एमाले नेतृत्व चुन्न मतदान सुरु, ओली र पोखरेलले गरे मतदान

एमाले नेतृत्व चुन्न मतदान सुरु, ओली र पोखरेलले गरे मतदान

images
२०८२ पौष २ गते, बुधवार
२०८२ पौष २ गते, बुधवार
  • काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन गर्न मतदान प्रक्रिया सुरु भएको छ।

    images

    भृकुटीमण्डपमा बुधबार (आज) बिहान ९ बजेबाट मतदान सुरु भएको हो। एमाले महाधिवेशनमा नेतृत्व चुन्न विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको छ।

    images

    मतदान सुरुभए लगत्तै अध्यक्षका उम्मेदवार रहेका केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका छन्। उनीहरू प्यानलसहित मैदानमा छन्।

    एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले एमालेको केन्द्रीय समितिका लागि नेतृत्व चुन्न महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको जानकारी दिए। 

    महाधिवेशनका लागि रामलक्ष्मण इनोभेसन प्रालिबाट १०० वटा विद्युतीय भोटिङ मेसिन ल्याइएको थियो।

    सुब्बाका अनुसार सो भोटिङ मेसिन मार्फत एक जना मतदाताले मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ। महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन्।

    सो भोटिङ मेसिन रामलक्ष्मण इनोभेसन प्रालिले बनाएको हो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend