बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

एमालेको नेतृत्व चुन्न भोलि मतदान, आज रोकियो

एमालेको नेतृत्व चुन्न भोलि मतदान, आज रोकियो

images
२०८२ पौष १ गते, मंगलवार
२०८२ पौष १ गते, मंगलवार
  • काठमाडौं। नेकपा एमालेको नयाँ नेतृत्व चुन्नका लागि आज हुने भनिएको मतदान कार्यक्रम स्थगित भएको छ।

    images

    भोटिङ मेसिनमा प्राविधिक समस्या आएपछि भोलि विहान ८ बजेबाट मतदान हुने गरि निर्वाचन समितिले तयारी गरेको हो। नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंमा जारी छ।

    images

    नेतृत्व चयनकै लागि आज साँझ ७ बजेदेखि भृकुटीमण्डपमा मतदानको समय तोकिएको थियो। तर प्राविधिक तयारी नपुगेको भन्दै चुनावमा ढिलाइ भएको थियो। यसअघि मंगलबार दिउँसो १ बजेदेखि नै मतदान शुरु हुने भनिएको थियो। 

    ‘‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएन’, एमाले महासचिव शंकर पोखरेलले भने, ‘चिसो मौसमका कारणले पनि हामी लामो समय प्रतिक्षा गर्नसक्ने अवस्थामा छैनौं । त्यसैले आज गर्ने भनिएको मतदान भोलि बिहान ८ बजेदेखि यसै स्थानमा गरिने जानकारी गराइन्छ।’

    मतदाताहरू भने मतदान हुने आशामा दिउँसो चार बजेदेखि नै लाइनमै बसेका थिए।   

    नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ। नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका छन्। दुवै नेता प्यानल बनाएरै प्रतिष्पर्धामा छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend