बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

भक्तपुर क्यान्सर अस्पतालमा मेडिकल अंकोलोजी प्रमुखको जिम्मेवारी डा. प्रभुलाई

भक्तपुर क्यान्सर अस्पतालमा मेडिकल अंकोलोजी प्रमुखको जिम्मेवारी डा. प्रभुलाई

images
२०८२ पौष १ गते, मंगलवार
२०८२ पौष १ गते, मंगलवार
  • भक्तपुर। भक्तपुर क्यान्सर अस्पतालको मेडिकल अंकोलोजी विभाग प्रमुखको जिम्मेवारी डा. प्रभु प्रसाद शाहले पाएका छन्।

    images

    डा. शाह सो अस्पतालमा कार्यरत पुराना र अनुभवी चिकित्सक मध्येका एक हुन्। उनैलाई दुई वर्षका लागि सो अस्पतालको मेडिकल अंकोलोजी विभाग प्रमुखको जिम्मेवारी दिइएको हो।

    images

    अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले अस्पतालमा कार्यरत मध्येका वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा. शाहलाई दुई बर्षका लागि जिम्मेवारी प्रदान गरिएको जानकारी दिएका हुन्।

    उनले डा. शाहले आफ्नो कार्यकालमा विभागले प्रभाकारी सेवा दिदै थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे।

    यस्तै हालसम्म उक्त जिम्मेवारीमा रहेका मेडिकल अंकोलोजिस्ट डा. रोशन प्रजापतीलाई चालिसेले धन्यवाद समेत दिए।

    पछिल्लो समय भक्तपुर क्यान्सर अस्पतालले आफ्नो सेवालाई थप सुधार गर्दै लगेको छ भने संरचनागत सुधारमा पनि अस्पताल अघि बढिरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend