बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

एमाले महाधिवेशन : नेतृत्व चुन्न विद्युतीय भोटिङ मेसिन प्रयोग हुँदै

एमाले महाधिवेशन : नेतृत्व चुन्न विद्युतीय भोटिङ मेसिन प्रयोग हुँदै

images
२०८२ पौष १ गते, मंगलवार
२०८२ पौष १ गते, मंगलवार
  • काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औं महाधिवेशन काठमाडौंमा जारी छ। अध्यक्ष देखि पदाधिकारी र केन्द्रीय सदस्य चुन्न एमालेको महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग हुँदैछ।

    images

    एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले एमालेको केन्द्रीय समितिका लागि नेतृत्व चुन्न महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने जानकारी दिए। उनका अनुसार ती मेसिन मतदानका लागि प्रयोग हुनेछ। 

    images

    महाधिवेशनका लागि रामलक्ष्मण इनोभेसन प्रालिबाट १०० वटा विद्युतीय भोटिङ मेसिन ल्याइएको छ। आज अपरान्ह १२ बजेदेखि बेलुका ६ बजेसम्म मतदानको समय तोकिएको छ।

    सुब्बाका अनुसार सो भोटिङ मेसिन मर्फत एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ। महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन्।

    रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले महाधिवेशनमा १० वटा नमूना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताए।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend