बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

चितवनमा स्क्रब टाइफसका बिरामीको संख्या घट्यो

चितवनमा स्क्रब टाइफसका बिरामीको संख्या घट्यो

images
२०८२ मंसिर २९ गते, सोमवार
२०८२ मंसिर २९ गते, सोमवार
  • चितवन। गत वर्षको तुलनामा यस वर्ष चितवनमा स्क्रब टाइफसका बिरामीको संख्या घटेको पाइएको छ।

    images

    गत आर्थिक वर्षको मंसिरसम्म ५३८ जनामा यो रोगको सङ्क्रमण देखिएकोमा चालू आर्थिक वर्षको सोही समयमा ४२६ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

    images

    जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेका अनुसार गत आर्थिक वर्षको साउनमा ४५, भदौमा १२७, असोजमा १४३, कात्तिकमा १२७ र मंसिरमा ९६ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो।

    यस आर्थिक वर्षको साउनमा ७१, भदौमा ६५, असोजमा १२१, कात्तिकमा १२४ र मंसिरमा ५४ जनामा यो रोगको सङ्क्रमण देखिएको घिमिरेले जानकारी दिए।

    मौसममा आएको परिवर्तनसँगै यो रोगको सङ्क्रमण विस्तारै घट्दै जाने उनी बताउँछन्।

    “विशेष गरी गर्मी मौसममा बढी सङ्क्रमण फैलने यो रोग अब जाडो लाग्दै गर्दा घट्दै जान्छ। गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ।” घिमिरेले भने।

    मुसाको शरीरमा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस रोग लाग्ने गर्छ। खेतबारीमा एवं विशेषगरी घर बाहिर काम गर्ने व्यक्तिमा यो रोग लाग्ने गरेको छ।

    किर्नाले टोकेको सामान्यतया पाँचदेखि २० दिनभित्र यो रोगको लक्षण देखिने गरेको पाइन्छ। यो रोग लाग्दा उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जन्डिस हुने र पेट दुख्ने लक्षण देखिन्छ।

    जाडो बढेसँगै सङ्क्रमण घटे पनि बिरामी भेटिने क्रम भने जारी रहेको उनको भनाइ छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend