काठमाडौं। सरकारले प्रति ब्यक्ति २५ हजार भारुको कारोबार खुला गरेको छ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपियाँ दुई सय तथा पाँच सय दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजानसक्ने गरि निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको जानकारी दिएका हुन्।
यो ब्यवस्था हुँदा नेपाली तथा भारतीय नागरिकले अब भारु दुई सय र पाँच सय दरका भारतीय रुपैयाँ २५ हजार सम्म निर्वाध रुपमा बोक्न पाउँने छन्।



