बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

हाइकिङका क्रममा बेहोस भएका भारतीय राजदूतलाई भएको केहो?

हाइकिङका क्रममा बेहोस भएका भारतीय राजदूतलाई भएको केहो?

images
२०८२ मंसिर २७ गते, शनिवार
२०८२ मंसिर २७ गते, शनिवार
  • काठमाडौं। शनिबार बिहान नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव हाइकिङका लागि चम्पादेवी पुगेका थिए। हाइकिङकै क्रममा दिउँसो २ बजेतिर छातीमा असहज भएपछि उनी बेहोस भए। नेपाली सेना र सशस्त्र प्रहरीले उनलाई उद्धार गर्यो र हेलिकप्टरबाट ग्राण्डी अस्पताल धापासी पुर्यायो। 

    images

    नेपालबाट आफ्नो कार्यकाल सकेर भारत फर्किन केही दिनमात्र बाँकी रहँदा श्रीवास्तवको स्वास्थ्यमा समस्या देखिएको हो। उनलाई भएको के हो? उनको उपचार भइरहेको भनेको अस्पताल ग्राण्डी अस्पताल स्रोतले उनको स्वास्थ्यमा ठुलो कुनै समस्या नभएको भनेको छ।

    images

    `उहाँको स्वास्थ्यमा ठूलो समस्या छैन, हाइकिङका क्रममा लेक लागेको हुनसक्छ, अन्य समस्या छैन, अहिले स्वास्थ्य अवस्थामा सुधार छ।´ ग्राण्डी स्रोतले भन्यो।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले पनि राजदूत श्रीवास्तवको स्वास्थ्य अवस्था सुधार हुँदै गएको जानकारी दिए।

    श्रीवास्तवलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी  ग्राण्डी अस्पताल लगिएको काफ्लेले जानकारी दिएका हुन्।

    उनलाई उद्धार गर्न श्री युद्ध कवच गणबाट सेनाको टोली खटिएको थियो भने किर्तिपुरमा रहेकोसशस्त्र प्रहरी बल दङ्गा नियन्त्रण रेजिमेन्ट गणबाट समेत टोली परिचालन भएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend