काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्याएको बताएकी छन्।
शनिबार बिहानै एनपिएलका फाइनल खेल खेल्ने तयारीमा रहेका लुम्बिनी लायन्स र सुदुरपश्चिम राइनोजलाई जितका लागि शुभकामना दिंदै एनपिएलले सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्याएको बताइन्।
“यस उत्सवले सिङ्गो देशलाई जिताएको छ, जगाएको छ। सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्याएको छ।” प्रधानमन्त्री कार्कीले सामाजिक संजाल फेसबुकमार्फत भनेकी छन्।



