बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

एनपीएलको फाइनल शनिबार, लुम्बिनी र सुदूरपश्चिम रोयल्स भिड्ने

एनपीएलको फाइनल शनिबार, लुम्बिनी र सुदूरपश्चिम रोयल्स भिड्ने

images
२०८२ मंसिर २५ गते, बिहिवार
२०८२ मंसिर २५ गते, बिहिवार
  • काठमाडौं। लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ।

    images

    बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गरेर लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो। लुम्बिनीले अब फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ।

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनायो। एक सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो।

    विराटनगरका लागि साम हेजल्टले सर्वाधिक ३४ रन बनाए। यस्तै नरेन भट्टले २१ रन बनाए। बलिङतर्फ लुम्बिनीका लागि तिलक भण्डारीले तीन, रूबेन ट्रम्पलम्यान,  अभिषेश गौतम र जेजे स्मिथले दुई-दुई विकेट लिए।

    त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा लुम्बिनिका लागि डार्शी शर्टले सर्वाधिक ४५ रनको योगदान दिएका थिए। उनले ४१ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरेका थिए। त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए।

    यस्तै निशोसन डिक्वेलाले २२ बलमा चार चौका प्रहार गर्दै २९ रन जोडे। रुबेल ट्रम्पलम्यानले अविजित ११ रन बनाए।

    बलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रशित जिसिले समान तीन-तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए। एनपीएलको फाइनल खेल शनिबार हुनेछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend