बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

औषधि आयातकर्ता हुसेन कांग्रेसबाट उम्मेदवार सिफारिस

औषधि आयातकर्ता हुसेन कांग्रेसबाट उम्मेदवार सिफारिस

images
२०८२ मंसिर २४ गते, बुधवार
२०८२ मंसिर २४ गते, बुधवार
  • काठमाडौ। नेपालमा औषधि आयात गरेर स्वास्थ्य क्षेत्रमा योगदान दिंदै आएका अबुल हुसेन नेपाली कांग्रेसबाट आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिसमा परेका छन्।

    images

    हुसेन सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार सिफारिस भएका हुन्। उनी नेपाल औषधि आयातकर्ता संघ (मीयान) का केन्द्रीय कार्यसमिति सदस्य समेत हुन्। उनले कोभिड महामारीका बेला स्वास्थ्य संकटको समयमा मुलुकका लागि महत्त्वपूर्ण योगदान दिएका थिए।

    images

    हुसेनले अन्य अवस्थामासमेत समाजसेवालाई प्राथमिकतामा राख्दै आएका छन्। उनले विद्यार्थी, युवा, उखु किसान, कृषक, शिक्षक, चिकित्सक लगायतले गरेका आन्दोलनहरुमा पनि नि:शुल्क पानी वितरण गरेर आफ्नो भुमिकालाई देखाउँदै आएका छन्।

    यस्तै भुकम्प, बाढी पहिरो, झाडापखाला जस्ता देश संकटमा परेको अवस्थामा समेत उनी स्वास्थ्य सामग्री लिएरै प्रभावित स्थलमा पुग्दै आएका पात्र हुन्। यसैकारण पनि उनी युवाका माझमा प्रिय छन्।

    उनको सेवाभावलाई हेरेर नै कांग्रेसले सुनसरीबाट नाम सिफारिस गरेको सुनसरीका एक महाधिवेशन प्रतिनिधिले जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend