बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मतदानस्थल पुनरावलोकन गर्दै निर्वाचन आयोग

मतदानस्थल पुनरावलोकन गर्दै निर्वाचन आयोग

images
२०८२ मंसिर २४ गते, बुधवार
२०८२ मंसिर २४ गते, बुधवार
  • काठमाडौं। निर्वाचन आयोगले देशका विभिन्न स्थानमा रहेका मतदानस्थलको पुनरावलोकन गर्ने तयारी गरेको छ।

    images

    मतदाताको सहजताका लागि भन्दै निर्वाचन आयोगले केही मतदानस्थललाई पुनरावलोकन गर्ने भएको हो। सो बारे आयोगले सूचना समेत जारी गर्दै सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले आममतदातालाई आवश्यक जानकारी गराइएको भनेको छ।

    images

    आयोगले पुनरावलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा मिलाउन पनि भनेको छ। आयोगले मतदाता नामावली अद्यावधिक गर्नका लागि मंसिर २६ गतेसम्मको समयसीमा तोकेको छ।

    यो अवधिमा नामावलीमा रहेको त्रुटि सच्याउने नाम हटाउने, दाबी विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायकपर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिनसक्ने सुविधा रहेको सूचनामा उल्लेख छ।

    मतदाताले सम्बन्धित वडाभित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्यालयमा गई वा आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिन अनुरोध गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend