बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मतदाता नामावलीमा त्रुटी छ? मंसिर २६ सम्म निवेदन दिनुस्

मतदाता नामावलीमा त्रुटी छ? मंसिर २६ सम्म निवेदन दिनुस्

images
२०८२ मंसिर २२ गते, सोमवार
२०८२ मंसिर २२ गते, सोमवार
  • काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावलीमा भेको त्रुटी सच्याउन अवसर दिएको छ।

    images

    आयोगले मतदाता नामावलीमा भएको त्रुटी सच्याउनका लागि अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। आयोगद्वारा सोमबार जारी विज्ञप्तीमा यही मंसिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटी सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरिएको छ।

    images

    आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले २०८२ भदौ ५ गतेसम्म देशभरबाट सङ्कलित मतदाता विवरणलाई अद्यावधिक अघि बढाइने जानकारी दिएका हुन्।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरू योग्य मतदाता मानिने आयोगले जनाएको छ।

    मतदाता नामावली अद्यावधिक (दावी बिरोध) कार्यक्रम अन्तर्गत सङ्कलित मतदाताको विवरण आयोगको वेबसाईटमा प्रकाशन गरिनेछ।

    आयोगले सङ्कलित मतदाता नामावली आफ्नो वेबसाइटमा प्रकाशन गरेपछि मङ्सिर २६ गतेसम्म नाम, ठेगाना वा अन्य विवरणमा त्रुटी सच्याउन निवेदन दिन सकिने विज्ञप्तीमा उल्लेख छ।

    कसैले झूटो विवरणका आधारमा नाम दर्ता गराएमा विरोधमा उजुरी दिन सकिनेछ। एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा परेमा एक स्थानमा मात्र राख्न अनुरोध आयोगको छ।

    यसैगरी मृतक वा नागरिकता त्याग गरेका व्यक्तिहरूको नाम हटाउन सूचना दिन आग्रह गरिएको छ। दाबी–विरोधका सबै प्रक्रिया पूरा भएपछि आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छ।

    मतदान स्थल छनोटका लागि अनलाइन सुविधा वृद्धि गर्ने उद्देश्यसहित आयोगले कतिपय मतदान स्थलहरूको पुनरावलोकन समेत गरिसकेको छ। मतदाताले अब आफ्नो वडाभित्रका मतदान स्थलमध्ये सुविधाजनक स्थल छनोट गर्न अनलाइन प्रणालीमार्फत निवेदन दिन सक्नेछन्।

    आयोगले मतदाता नामावलीलाई अझ शुद्ध, विश्वसनीय र त्रुटीरहित बनाउन आम मतदाता तथा सरोकारवालाको सक्रिय सहभागिताका लागि अपिल गरेको छ ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend