बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

भरतपुर अस्पतालमा ट्रमा सेन्टर संचालनमा

भरतपुर अस्पतालमा ट्रमा सेन्टर संचालनमा

images
२०८२ मंसिर २१ गते, आइतवार
२०८२ मंसिर २१ गते, आइतवार
  • काठमाडौं। चितवनको भरतपुरमा ट्रमा सेन्टर संचालनमा आएको छ।

    images

    आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले भरतपुर अस्पताल चितवनको ट्रमा सेन्टरको उद्घाटन गरेकी हुन्।

    images

    कूल ५० शैय्या क्षमता रहेको उक्त ट्रमा सेन्टरमा हाललाई १५ शैय्या सञ्चालनमा आएको अस्पताल प्रशासनले जनाएको छ।

    १३ करोडको लागतमा ट्रमा सेन्टर तयार भएको हो। उपकरणमा भने मन्त्रालयले सहयोग गरेको अस्पतालका मेसु डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    आइतबार नै मन्त्री गौतमले भरतपुर अस्पतालको कम्पाउन्डिङ फार्मेसी ल्याब एवम् औषधि सूचना केन्द्रको समेत उद्घाटन गरिन। सो ल्याबबाट विशेष बिरामीहरूको आवश्यकता अनुरुप औषधिको उपलब्धता र पहुँच सुनिश्चित गरी उपचारका नतिजाहरूमा सुधार आउने बताइएको छ।

    यसैगरी सो ल्याबबाट औषधि सम्वन्धी  विभिन्न अध्ययन अनुसन्धान गरिने अस्पतालले जानकारी दिएको छ।

    आइतबार नै मन्त्री डा. गौतमले वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको स्थलगत अनुगमन र निरीक्षण गरेकी थिइन्।

    अनुगमन तथा निरीक्षणको क्रममा उनले अस्पतालका विभिन्न विभागहरूको निरीक्षण गर्दै अस्पतालका समस्याहरू, आवश्यकताहरू तथा अस्पतालले सम्पादन गरेका कार्यहरूबारे विस्तृत जानकारी लिएकी थिइन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend