बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क वृद्धि फिर्ता होस् : ट्रेड युनियन कांग्रेस

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क वृद्धि फिर्ता होस् : ट्रेड युनियन कांग्रेस

images
२०८२ मंसिर २१ गते, आइतवार
२०८२ मंसिर २१ गते, आइतवार
  • काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) ले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले तिर्नुपर्ने स्वास्थ्य परीक्षण शुल्कमा सरकारले हालै गरेको करिब ५० प्रतिशतसम्मको वृद्धिप्रति आपत्ति जनाएको छ।

    images

    संघका महासचिव अजयकुमार राईले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णयले हजारौँ श्रमिकमाथि अन्यायपूर्ण आर्थिक बोझ थपिएको भन्दै तुरुन्त फिर्ता लिन माग गरिएको छ।

    images

    संघका अनुसार हाल स्वास्थ्य परीक्षण शुल्क रु.३,५०० देखि बढीमा रु.६,५०० सम्म लिइँदै आएकोमा स्वार्थ समूह र केही व्यवसायीहरूको मिलोमतोमा शुल्क वृद्धि गर्ने प्रयास गरिएको हो।

    विज्ञप्तिमा उल्लेख भएअनुसार, यस्तै प्रकृतिको शुल्क वृद्धि तत्कालीन मन्त्रीको कार्यकालमा २०८१ चैत ८ गते पनि गरिएको थियो। तर व्यापक विरोधपछि सरकारले सो निर्णय फिर्ता लिन बाध्य भएको थियो।

    नेपालमा बेरोजगारी दर उच्च रहेको र वैदेशिक रोजगारीले देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा करिब ३० प्रतिशत योगदान गरिरहेको परिस्थितिमा श्रमिकमाथि अतिरिक्त आर्थिक भार थोपर्नु अनुचित रहेको संघको दाबी छ।

    संघले वैदेशिक रोजगार क्षेत्रमा शुल्क वृद्धि गर्नुको सट्टा श्रमिकमैत्री नीतिहरू, सुरक्षित कामको वातावरण, सामाजिक सुरक्षा कोषमा योगदान सुनिश्चितता तथा विदेशी भूमिबाटै मताधिकार सुनिश्चिततामा ध्यान दिन सरकारलाई आग्रह गरेको छ।

    राजनीतिक नेतृत्वविहीन अवस्थामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई लक्ष्य गर्दै संघले मातहतका निकायहरूलाई शुल्क वृद्धि कार्यान्वयन गर्न जारी गरिएको परिपत्र ‘अनुचित, श्रमविरोधी र गरीब श्रमिकविरुद्धको कदम’ भएको टिप्पणी गरेको छ।

    संघले शुल्क वृद्धि तत्काल फिर्ता गरी पुरानै दर कायम गर्न तथा श्रम मन्त्रालयमा चाँडोभन्दा चाँडो राजनीतिक नेतृत्व नियुक्त गर्न सरकारसमक्ष माग समेत राखेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend