बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

‘खजुरीको पफ’ सेवन गरे गम्भीर रोगको जोखिम, भेटियो अत्यन्तै हानिकारक ट्रान्सफ्याट

‘खजुरीको पफ’ सेवन गरे गम्भीर रोगको जोखिम, भेटियो अत्यन्तै हानिकारक ट्रान्सफ्याट

images
२०८२ मंसिर २० गते, शनिवार
२०८२ मंसिर २० गते, शनिवार
  • काठमाडौं। बजारमा छ्यापछ्याप्ती पाइने‘ खजुरीको पफ’ मा अत्यन्तै हानिकारक ट्रान्सफ्याट भेटिएपछि बिक्री–वितरण पूर्ण रूपमा रोक्न र बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको छ।

    images

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खजुरीको नेपाल प्रालि’द्वारा उत्पादित ‘पफ’ स्न्याक्समा मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिने औद्योगिक ट्रान्स फ्याटको मात्रा तोकिएको सीमाभन्दा धेरै भेटिएको भनेको हो।

    images

    विभागले नियमित बजार अनुगमनका क्रममा सङ्कलन गरेको नमुना प्रयोगशालामा परीक्षण गर्दा ट्रान्स फ्याटको मात्रा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा तोकिएको अधिकतम २ प्रतिशतभन्दा बढी पाइएको हो। यही आधारमा विभागले उक्त उत्पादनलाई ‘न्यून स्तरको खाद्य पदार्थ’ ठहर ग्रेको छ।

    विभागका प्रवक्ता डा. बाल कुमारी शर्माका अनुसार ललितपुरको गोदावरी नगरपालिका–१० मा रहेको उक्त कम्पनीले उत्पादन गरेका ब्याच नम्बर B13A र B15A का पफहरू बजारबाट तुरुन्त हटाउन र थप बिक्री वितरण नगर्न–नगराउन कम्पनीलाई कडा निर्देशन दिइएको छ।

    ऐनको दफा ३८ (२) र (४) को प्रावधानलाई टेकेर जारी गरिएको आदेशमा उल्लेखित ब्याचका सम्पूर्ण उत्पादन फिर्ता लिनुपर्ने र उपभोक्ताको स्वास्थ्य जोखिम न्यूनीकरणका लागि आवश्यक सबै कदम चाल्नुपर्ने उल्लेख छ।

    ट्रान्स फ्याटको अत्यधिक सेवनले मुटुरोग, मधुमेहलगायत गम्भीर रोगको जोखिम बढाउने भएकाले उपभोक्ताहरूलाई यी ब्याचका पफ नकिन्न र घरमा भएमा फिर्ता गर्न पनि विभागले आग्रह गरेको छ।

    यसअघि पनि प्रशोधित खानेकुरामा ट्रान्स फ्याटको मात्रा बढी भेटिने क्रम जारी रहेकाले विभागले अबदेखि यस्ता उत्पादनमाथि थप कडा अनुगमन र कारबाही गर्ने जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend