बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि कहाँकहाँ तोकियो मतदान केन्द्र?

नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि कहाँकहाँ तोकियो मतदान केन्द्र?

images
२०८२ मंसिर १८ गते, बिहिवार
२०८२ मंसिर १८ गते, बिहिवार
  • काठमाडौ। नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि निर्वाचन समितिले २१ वटा मतदान केन्द्र तोकेको छ।

    images

    निर्वाचन समितिले पुष ४ गतेदेखि हुने निर्वाचनका लागि बिहीबार मतदान केन्द्र तय गरेको हो। काउन्सिलको निर्वाचन काठमाडौं उपत्यका बाहिर पुष ४ र ५ गते तथा काठमाडौं उपत्यकामा पुष ११ र १२ गते हुँदैछ।

    images

    निर्वाचन समितिका अनुसार काठमाडौं बाहिर प्रादेशिक अस्पताल भद्रपुर झापा, कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरी, प्रादेशिक अस्पताल लहान, जनकपुर प्रादेशिक अस्पताल धनुषा, नारायणी अस्पताल बिरगंजलाई मतदान केन्द्र तोकिएको हो।

    यस्तै काठमाडौं बाहिर नै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा, भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही, पाल्पा अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रादेशिक अस्पताल कर्णाली, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धुलिखेल अस्पताल मतदान केन्द्र तोकिएको छ।

    यसैगरी नेशनल एसेम्बली काठमाडौं र नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ अस्पताल ललितपुर काठमाडौंका लागि मतदान केन्द्र तोकिएका छन्।

    सो निर्वाचन मार्फत काउन्सिलमा एक उपाध्यक्ष र आठ सदस्य चुनिने छन्। आठ सदस्यका लागि भने ३३ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ।

    निर्वाचनका लागि एक उपाध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेकोमा डा. कालुसिंह खत्रीले उम्मेदवारी फिर्ता लिएपछि अब डा. कुन्जाङ शेर्पा, डा. गुरुशरण साह र डा. अजयसिंह थापाका बिचमा प्रतिस्पर्धा हुँदैछ। यी तीन मध्ये एक जना अब मेडिकल काउन्सिलको उपाध्यक्ष बन्ने छन्।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend