बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बूढानीलकण्ठमा निर्माणाधीन २०० शैयाको बाल अस्पतालको निरीक्षणमा पुगे कुलमान

बूढानीलकण्ठमा निर्माणाधीन २०० शैयाको बाल अस्पतालको निरीक्षणमा पुगे कुलमान

images
२०८२ मंसिर १७ गते, बुधवार
२०८२ मंसिर १७ गते, बुधवार
  • काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा शहरी विकासमन्त्री कुलमान घिसिङले डा. भगवान कोइरालाको नेतृत्वमा बूढानीलकण्ठ–७ हेपाली हाइटमा निर्माणाधीन २०० शैयाको अन्तर्राष्ट्रियस्तरको बाल अस्पतालको निरीक्षण गरेका छन्।

    images

    सो अस्पतालको मुख्य भवन निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ। निर्माणाधीन अवस्थामा रहेको  सो अस्पताललाई सरकारबाट ४१ रोपनी जग्गा उपलब्ध गराइएको थियो।

    images

    सो अस्पताल निर्माणका लागि संघीय सरकारले ११ करोड र बागमती प्रदेश सरकारले १ करोड अनुदान दिने निर्णय गरिसकेका छन्।

    निरीक्षणका क्रममा मन्त्री घिसिङले निर्माणाधीन अस्पताललाई आवश्यक सरकारी सहयोग सुनिश्चित गर्ने बताउँदै दाताहरूप्रति आभार व्यक्त गरे।

    सो क्रममा मन्त्री घिसिङलाई डा. कोइरालाले अस्पताल गैरनाफामूलक रहने, सबै वर्गका बालबालिकाले गुणस्तरीय सेवा पाउने र आगामी दिनमा कर्णालीसहित सातै प्रदेशमा बाल अस्पताल विस्तार गर्ने जानकारी गराएका थिए।

    यसअघि घिसिङले कियोजले दमकमा सञ्चालन गरेको बाल अस्पतालको समेत निरीक्षण गरेका थिए। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend