बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेस महाधिवेशनमा जुट्यो सहमति : वडादेखि केन्द्रीय सभापति चुन्ने यस्तो छ तालिका

कांग्रेस महाधिवेशनमा जुट्यो सहमति : वडादेखि केन्द्रीय सभापति चुन्ने यस्तो छ तालिका

images
२०८२ मंसिर १५ गते, सोमवार
२०८२ मंसिर १५ गते, सोमवार
  • काठमाडौं। लामो रस्साकस्सीपछि अन्तत: नेपाली कांग्रेसले महाधिवेशनको तालिका ल्याएको छ।

    images

    गत कार्तिक २८ गतेदेखि महाधिवेशनको विवादका कारण  कांग्रेस केन्द्रीय समिति बैठक ९ पटक सर्यो। तर आज सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले १५औं महाधिवेशनको मिति तय गरेको हो।

    images

    फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचन अघि पार्टीको महाधिवेशन गर्ने कि निर्वाचन पछि भन्ने विवाद रहँदै आएको थियो। कांग्रेसको संस्थापन पक्ष निर्वाचनपछि महाधिवेशनको रटानमा थियो भने इतरपक्ष निर्वाचन अघि नै महाधिवेशनको अडानमा थियो।

    महाधिवेशनको विषयमा महामन्त्री गगन थापा पक्षले ढिलाइ गर्नै नहुने भन्दै निर्वाचन अघि नै विशेष महाधिवेशनको अभियान नै चलाएका थिए। विशेष महाधिवेशन पक्षधर समुहले देशभरबाट ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर नै कार्यवाहक सभापति पुर्णबहादुर खड्कालाई बुझाएको थियो।

    यी सबै विवादका बाबजुद कांग्रेसले अन्ततः महाधिवेशनको कार्यतालिकामा सहमति गरेको हो। सहमति अनुसार ल्याइएको कार्यतालिकामा पार्टीका विभिन्न संरचनाबाट सुरु हुने अधिवेशनहरू चरणबद्ध रूपमा पुस महिनाभरि हुनेछ।

    कांग्रेसले जारी गरेको तालिकामा गाउँ/नगर वडा अधिवेशन पुस १६ गते, गाउँ/नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते तय गरिएको छ।

    त्यसैगरी, एक मात्र क्षेत्र रहेको जिल्लामा अधिवेशन पुस २१ गते र एकभन्दा बढी क्षेत्र भएका जिल्लामा अधिवेशन पुस २२ गते गर्ने निर्णय गरिएको छ।

    यसैगरी प्रदेश अधिवेशन पुस २३ र २४ गते हुनेछ भने पार्टीको मुख्य आकर्षण मानिने केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ गते आयोजना गरिनेछ।

    यो तालिका सार्वजनिकसँगै नेपाली कांग्रेसले महाधिवेशन तयारीलाई औपचारिक रूपमा तीव्रता दिएको जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend