बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नवौं पटक सर्यो कांग्रेस बैठक

नवौं पटक सर्यो कांग्रेस बैठक

images
२०८२ मंसिर १३ गते, शनिवार
२०८२ मंसिर १३ गते, शनिवार
  • काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक फेरि सरेको छ। चुनाब अघि महाधिवेशनकी चुनाबपछि भन्ने विवादका कारण कांग्रेस केन्द्रीय समिति बैठक सरेको सर्यै छ।

    images

    पछिल्लो समय कांग्रेस भित्रको संस्थापन मानिने समूह पहिले प्रतिनिधि सभा निर्वाचन र त्यसपछि पार्टीको नियमित महाधिवेशनको रटानमा छ भने इतर समूह चुनाब अघि नै नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको एजेण्डा सहित वारपारको स्थितिमा छ। यही कारण कांग्रेस भित्र केही समय यता आन्तरिक कलह चलिरहेको छ, त्यो पनि पार्टी कार्यालय भन्दा धेरै बाहिर। 

    images

    कांग्रेसको केन्द्रीय समिति बैठक गत असोज २८ गते यता सरेको सर्यै छ। त्यस अघि बैठकमा पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यलेसमेत आफ्ना धारणा राखिसकेका थिए। यो बैठककै बिचमा कांग्रेसको संस्थापन समुहमा रहेका केही नेता यताउता भए। धारणा राखिसकेपछि निर्णय दिने भनिएको बैठक सरेको सर्यै छ। अझ भनौं १५औँ महाधिवेशनको मिति र कार्यतालिकामा गम्भीर मतभेद कायम रहेकाले कांग्रेसले कुनै पनि निर्णय गर्न सकेको छैन।

    शनिबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुन: एकपटक बैठक सारिएको सुचना जारी गरे। आइतबारका लागि (मंसिर १४ गते) डाकिएको बैठक फेरि एक दिन धकेलिएको (मंसिर १५ को)सूचना टाँसे। यो सूचना टाँस सँगै कांग्रेस बैठक फेरि एकपटक एकदिन धकेलिएको छ। यो सहित मंसिर २८ यता ९ पटक बैठक बस्दै नबसी सर्दै आएको छ।

    यसअघि बैठक असोज २८, कात्तिक २९, मंसिर १, मंसिर ४, मंसिर ६ हुँदै मंसिर ११ गतेका लागि सरेको थियो। त्यसपछि पुन: १२ गते हुँदै १४ गतेका लागि बोलाइएको बैठक १५ गतेसम्म धकेलिएको हो।

    आइतबार दिउँसो २ बजे बस्ने गरी तय भएको बैठक सोमबार (मंसिर १५) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने सूचनामा उल्लेख छ।

    महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा पुस महिनाभित्रै नियमित महाधिवेशन सम्पन्न नगर्ने हो भने विशेष महाधिवेशनको विकल्प नरहेको अडानमा छन्। उनीहरूले प्रस्तुत गरेको कार्यतालिकाअनुसार मंसिरमै वडा, क्षेत्र र जिल्ला अधिवेशन सकेर पुसमा केन्द्रीय महाधिवेशन गर्नुपर्ने प्रस्ताव छ।

    तर सभापति शेरबहादुर देउवानिकट पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि मात्रै अर्थात् वैशाख २०८४ मा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

    कांग्रेस विधानको धारा १७(२) मा केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारण खुलाएर माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने उल्लेख छ। तर अहिले कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नै माग गरिसकेकाले विधानतः विशेष महाधिवेशन बोलाउनुपर्ने दबाब कांग्रेस भित्र छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend