बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौंमा सडकका खाल्डाखुल्डी पुर्न अब `पोटहोल एम्बुलेन्स´

काठमाडौंमा सडकका खाल्डाखुल्डी पुर्न अब `पोटहोल एम्बुलेन्स´

images
२०८२ मंसिर १२ गते, शुक्रवार
२०८२ मंसिर १२ गते, शुक्रवार
  • काठमाडौं। काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न नेपालमै पहिलोपटक सडक पोटहोल एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ।

    images

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार सडक पोटहोल एम्बुलेन्सको शुभारम्भ गरेका हुन्। सो एम्बुलेन्स सडक डिभिजन कार्यालय, काठमाडौंले प्रयोगमा ल्याएको हो।

    images

    नमुनाका रूपमा काठमाडौं जिल्लाबाट सुरु गरिएको यो सेवा २४ घण्टा, ३६५ दिन तयारी अवस्थामा रहने मन्त्री घिसिङले बताए। अब सडकमा खाल्डाखुल्डी देखिएपछि तुरुन्तै मर्मत कार्य अघि बढ़ाई सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न सकिने उनको दाबी छ।

    `विकसित देशहरूमा प्रचलित आधुनिक प्रविधिको अवलम्बनसहित यो सेवा क्रमिक रूपमा प्रमुख शहरहरूमा पनि विस्तार गरिनेछ।´ मन्त्री घिसिङले सामाजिक संजाल फेसबुकमार्फत भनेका छन्।

    यसबाहेक, सडकका समस्या छिटो पहिचान र समाधान गर्न मोबाइल एप्स् पनि सुरु गरिएको छ। जहाँ खाल्डाखुल्डीको फोटो तत्काल अपलोड गर्न सकिने र मर्मतको प्रगति निरन्तर अद्यावधिक हेर्न सकिने व्यवस्था छ।

    शुभारम्भ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले सडक एम्बुलेन्सको प्रयोगले सडक मर्मतका विषयमा आउने गुनासोलाई तत्काल सम्बोधन गर्ने विश्वास व्यक्त गरे।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सडक मर्मत कार्यलाई प्रभावकारी  तथा पारदर्शी बनाउन एम्बुलेन्सले सहयोग गर्ने बताए।

    यस्तै सडक डिभिजन काठमाडौंका प्रमुख सुबोध कुमार देवकोटाले एम्बुलेन्ससँगै तालिम प्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न गर्ने बताए।

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend