बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रतिनिधि सभा निर्वाचनका लागि १०६ दल दर्ता, म्याद १४ मंसिरसम्म थप

प्रतिनिधि सभा निर्वाचनका लागि १०६ दल दर्ता, म्याद १४ मंसिरसम्म थप

images
२०८२ मंसिर १० गते, बुधवार
२०८२ मंसिर १० गते, बुधवार
  • काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनार्थ दल दर्ताको समय मंसिर १४ गतेसम्मका लागि थप गरेको छ।

    images

    निर्वाचन आयोगको बुधबार (मंसिर १०) गते बसेको बैठकले दल दर्ताका लागि मंसिर १४ गतेसम्म समय थप गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। यसअघि आयोगले दल दर्ताका लागि आज सम्मको समय तोकेको थियो।

    images

    आयोगका प्रवक्ता भट्टराईका अनुसार बुधबार (आज) सम्म आयोगमा प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुन १०६ वटा राजनीतिक दलले निवेदन दर्ता गराएका छन्।

    आयोगमा हालसम्म दर्ता कायम भएका दलको संख्या भने १३७ पुगेको छ। यस्तै नयाँ दल दर्ताका लागि आयोगमा प्राप्त निवेदनहरुमाथिको कारवाहीसमेत जारी रहेको आयोगले बताएको छ।

    निर्वाचन कानुन अनुसार आयोगमा पहिले दर्ता भईसकेको राजनीतिक दलले पनि निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनु पर्छ। यसरी हेर्दा आयोगमा हालसम्म १३७ दल कायम भए पनि फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दर्ता हुने दलको संख्या १०६ पुगेको हो।

    यसैगरी आगामी माघ ११ गते हुने राष्ट्रिय सभा तर्फको सदस्यको निर्वाचनका लागि आयोगले मंसिर१ देखि  ७ गतेसम्मको समय दिएकोमा तोकिएको समयमा १३ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend