काठमाडौं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समय आज सकिंदैछ।
मंगलबारसम्म निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन्। आयोगले आज मंसिर १० गतेसम्मको समय दल दर्ताका लागि तोकेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा कुल १३४ दल रहेका छन् भने तीमध्ये मंगलबारसम्म ८० दलले निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन्।
निर्वाचन कानुन अनुसार आयोगमा पहिले दर्ता भईसकेको राजनीतिक दलले पनि निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनु पर्छ।



