काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ६८ वटा राजनीतिक दलले दल दर्ता गराएका छन्।
निर्वाचन आयोगका अनुसार मंगलबार दिउसोसम्म निर्वाचन प्रयोजनका लागि विभिन्न ६८ वटा दलले दल दर्ता गराएका हुन्।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म ६८ वटा दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको जानकारी दिए।
निर्वाचन कानुन अनुसार निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएकै दलले पनि निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनु पर्छ।
आयोगका प्रवक्ता भट्टराईका अनुसार हालसम्म आयोगमा दर्ता कायम भएका दलको संख्या भने १३२ पुगेको छ। आयोगले दल दर्ताका लागि भोलि बुधबारसम्मको समय निर्धारण गरिएको छ।



