बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

images
२०८२ मंसिर ९ गते, मंगलवार
२०८२ मंसिर ९ गते, मंगलवार
  • काठमाडौं। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ।

    images

    यस वर्ष “प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसाको अन्त्य गरौं” भन्ने नाराका साथ यो अभियान मनाईंदै छ।

    images

    मंगलबार नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा लैङ्गिक हिंसा विरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरी कार्यक्रमको शुभारम्भ गरिएको छ।

    कार्यक्रमको शुभारम्भ गर्दै नेपाल रेडक्रस सोसाइटी संरक्षण, लैङ्गिक तथा समावेशीकरण विभागका निर्देशक दिव्यराज पौडेलले कार्यस्थल तथा समुदायमा हुन सक्ने हिंसाको अन्त्य गरी सुरक्षित समुदाय र कार्यस्थलको अवधारणालाई सुनिश्चित गर्न नेपाल रेडक्रस प्रयत्नशील रहेको बताए।।

    नेपाल रेडक्रस सोसाइटीले १६ दिने अभियानका क्रममा सेफगार्डिङ सम्बन्धी अभिमुखीकरण सञ्चालन गर्दै छ। साथै सोसाइटीका प्रदेश, जिल्ला शाखा र उपशाखातहसम्म विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी दिवस मनाइँदैछ।

    नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा विभिन्न विभागका निर्देशकहरू, विभागीय प्रमुख तथा उपनिर्देशकहरू, कर्मचारीहरूलगायत आईएफआरसी र विभिन्न साझेदार राष्ट्रिय सोसाइटीका प्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend