काठमाडौं। सुनको मूल्य एकैपटक तोलामा २ हजार २०० रुपैयाँ बढेको छ।
मंगलबार एकैपटक सुनको मूल्यमा भारी वृद्धि भएको हो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम थियो। मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार २०० रुपैयाँ पुगेको महासंघले बताएको छ।
हाल बिवाहको सिजन सुरुभएसँगै सुनको कारोबारसमेत बढ्दै गएको छ।



