काठमाडौं। काठमाडौंबाट सिमरा उढ्न तयार भएको बुद्ध एयरको विमान उढ्नै लाग्दा यात्रुहरुलाई फर्काइएको छ।
सिमरा विमानस्थलमा जेन-जीले अवरोध गरेपछि यात्रुहरूलाई विमानबाट ओरालिएको हो। सो विमानमा नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत समेत थिए। उनीहरु बारामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाँदै थिए।
तर सिमरामा जेन-जी प्रदर्शनकारीहरुले प्रदर्शन गर्दै विमानस्थल घेराउ गरेपछि उढ्नै लागेको विमानबाट यात्रुहरूलाई झारिएको हो।
सिमरा विमानस्थलमा प्रदर्शन भइरहेको र अवतरण हुन सक्ने अवस्था नरहेको सुचना सुनाउँदै विमानबाट यात्रुहरुलाई झारिएको एक यात्रुले जानकारी दिए।




