बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

महेश बस्नेत सिमरा आउने भएपछि जेन-जीले बन्द गराए विमानस्थल, सिमरा बजार बन्द

महेश बस्नेत सिमरा आउने भएपछि जेन-जीले बन्द गराए विमानस्थल, सिमरा बजार बन्द

images
२०८२ मंसिर ३ गते, बुधवार
२०८२ मंसिर ३ गते, बुधवार
  • सिमरा। नेकपा एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेत लगायतका नेताहरु बाराको सिमरा आउने भएपछि जेन-जीहरुले सिमरा विमानस्थल बन्द गराएका छन्।

    images

    अहिले सिमारामा जेन-जीका प्रदर्शनकारीहरु प्रदर्शनमा उत्रिएपछि विमानस्थलको मुख्य प्रवेशद्वार नै बन्द गरिएको छ। यस्तै विमानस्थलको सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी बाक्लो संख्यामा खटाइएको छ।

    images

    जेन-जीको प्रदर्शनका कारण अहिले सिमरा एयरपोर्ट रोडका पसलहरु बन्द छन् भने प्रदर्शनकारीले प्रदर्शन जारी राखेका छन्। 

    आज बिहानै सिमरामा एमालेका कार्यकर्ता र जेन-जी युवाहरूबिच हातहालाहाल भएको थियो। त्यसपछि सिमरामा जेन-जीहरु बाक्लो संख्यामा उपस्थित भएका थिए। जेन-जीका युवाहरुको बाक्लो उपस्थितिपछि एमालेका कार्यकर्ताहरु तितरबितर भएका छन्।

    तर जेन-जीहरुले भने अहिले एमालेविरुद्ध नारावाजी गरिरहेका छन्। बाराको परवानीपुरमा एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन एमाले नेताहरू सिमरा हुँदै आउने कार्यक्रम छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend