बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

इन्धनबाट चल्ने कारलाई विद्युतीय स्वरुपमा मोडिफाइ गर्न अनुमति दिइँदै

इन्धनबाट चल्ने कारलाई विद्युतीय स्वरुपमा मोडिफाइ गर्न अनुमति दिइँदै

images
२०८२ मंसिर ३ गते, बुधवार
२०८२ मंसिर ३ गते, बुधवार
  • काठमाडौं। सरकारले इन्धनबाट चल्ने कार तथा भ्यानलाई विद्युतीय बनाउ मिल्ने गरि अनुमति दिने तयारी गरेको छ।

    images

    यसअघि सवारी धनीले इन्धनबाट चल्ने आफ्ना कार तथा भ्यानलाई विद्युतीय स्वरुपमा परिवर्तन गर्न चाहेपनि सरकारले कानुनी अड्चन देखाउँदै आएको थियो। तर अब सरकारले नै यो ब्यवस्था गर्ने गरि अनुमति दिने भएको हो।

    images

    वर्तमान सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका महावीर पुनले पुराना कार तथा भ्यानलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिने बताएका हुन्।

    `नेपालमा धेरै वर्षदेखि धेरै इन्जिनियरहरू र टेक्निसियनहरूले पुरानो कार र भ्यानहरूलाई इन्जिन फालेर त्यसलाई ब्याट्रीबाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्ने प्रयास गरे पनि सरकारले अनुमति नदिएको पुनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्।

    `यसअघि लोभी–पापीहरूले अनेकौँ नियम कानुन देखाएर कसैलाई त्यस्तो गर्न अनुमति दिएका थिएनन्। अब नेपाल सरकार यातायात मन्त्रालयले सो कामको लागि अनुमति दिने व्यवस्था गर्छ।´ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पुनले लेखेक छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend