काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलार्ई २२१ रनको लक्ष्य दिएको छ।
विराटनगरले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२१ रन बनाएको हो। पोखरा एभेन्जर्सले टस जितेर बलिङ गरेको थियो।
विराटनगरमा सन्दीप लामिछाने कप्तान छन् भने पोखरामा कुशल भुर्तेल कप्तान छन्।
यसअघि आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनले विजयीको सुरूवात गरेको छ। हिजो भएको पहिलो खेलमा भने काठमाडौंले जित निकालेको थियो।
यसैगरी आज भएको दोस्रो खेलमा खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको थियो। टस हारेर पहिले व्याटिङ गरेको कर्णालीले चितवनलाई १६७ रनको लक्ष्य दिएको थियो।
कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो। चितवनले १९ .१ ओभरमा नै लक्ष्य पूरा गरेर ४ विकेटले कर्णालीलाई हराएको थियो।



