बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

एनपीएलमा आज दुई खेल, चार टोली भिड्दै

एनपीएलमा आज दुई खेल, चार टोली भिड्दै

images
२०८२ मंसिर २ गते, मंगलवार
२०८२ मंसिर २ गते, मंगलवार
  • काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।

    images

    त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन्। 

    images

    यसैगरी आजै हुने दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्सबीचमा प्रतिस्पर्धा हुँदैछ।

    चितवन राइनोज कुशल मल्लको कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन्। विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको नेतृत्व कुशल भुर्तेलले गर्नेछन्। 

    यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौँ गोर्खाजले सुखद सुरुआत गरेको छ। जितसँगै काठमाडौँले अङ्कतालिकामा दुई अङ्क पनि जोडेको छ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा  यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ गते हुनेछ। प्रतियोगिताका विजेताले रु एक करोड १० लाख पाउने क्यानले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend